राजनीति

सिमेन्टमा भएको मूल्यवृद्धि नियन्त्रण गर्ने दायित्व सरकारको होः जनार्दन शर्मा

नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले सिमेन्टमा भएको मूल्यवृद्धि नियन्त्रण गर्ने दायित्व सरकारको भएको बताएका छन्।

बुधवार प्रतिनिधि सभाअन्तर्गत सार्वजनिक लेखा समितिमा भएको छलफलमा बोल्दै सांसद शर्माले यस्तो बताएका हुन्।

उनले उद्योगहरुलाई संरक्षण गर्ने विषयमा कसैको विमति नभएको तर मूल्यका काटे«लिङ गर्ने कुरा गलत भएको बताए। बजारले वस्तुहरुको मूल्य निर्धारण गर्ने भएकाले काटे«लिङ भएपछि बजारले मूल्य निर्धारण गर्न नपाउने उनले बताए। उनले बजारमा सिन्डिकेट भएपछि हरेक वस्तुको मूल्य वृद्धि हुने बताए।

बजारमा मैल्यवृद्धि र काटे«लिङ हुन दिन राज्यको कमजोरी भएको उनले बताए। उनले सरकारले काटे«लिङ गर्न दिने नभइ हस्तक्षेप गर्न आवश्यक रहेको बताए। जनता र उपभोक्तालाई मारमा पार्ने गरी उद्योगीहरुले काटे«लिङ गर्ने कुरा ठिक नभएको भन्दै सरकारले तत्काल समाधान गर्न आवश्यक रहेको बताए। उनले उद्योगीहरुले काटे«ेलिङ गरेर उद्योग चलाउन नपाइने बताए। मूल्य नियन्त्रण सरकारले गर्ने भएकाले समितिले छलफल गर्नुपर्ने विषय नभएको उनले बताए। उनले मूल्यवृद्धिको समस्या उद्योग मन्त्रीले समाधान गर्नुपर्ने बताए। 

प्रकाशित: ९ माघ २०८१ १६:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App