राजनीति

वनको समस्या समाधान गर्न ऐन संशोधनको तयारी, मन्त्रालयद्वारा कार्यदल गठन

वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले वन ऐन संशोधनको तयारी तीव्र रुपमा अघि बढाइएको बताएका छन्।

प्रतिनिधि सभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै मन्त्री ठकुरीले ऐन संशोधनका लागि कार्यदल गठन भइसकेको जानकारी दिए।

उनले वर्तमान कानूनमा रहेका जटिलता र बाधाहरू समाधान गर्न मन्त्रालयका सहसचिवको नेतृत्वमा कार्यदल गठन गरिएको र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन र वातावरण संरक्षण ऐन संशोधनको प्रक्रिया पनि अघि बढाइएको उल्लेख गरे।

मन्त्री ठकुरीले भने, ‘सरोकारवाला निकायहरूसँगको छलफलमार्फत समस्या समाधान हुने गरी ऐन संशोधन गरिनेछ। वन ऐन, राष्ट्रिय निकुञ्ज ऐन, र वातावरण संरक्षण ऐनमा भएका अवरोध हटाउने उद्देश्यले तीनवटै ऐन संशोधनका लागि अलग-अलग कार्यदल तयार गरिएका छन्। अहिले हामी ऐन संशोधनको खाका तयार पार्ने क्रममा छौं।’

उनले सरोकारवाला सबै पक्षसँग छलफल गरेर हाल वन तथा निकुञ्ज क्षेत्रमा देखिएका समस्या समाधान हुने गरी संशोधन गरिने प्रतिवद्धता व्यक्त गरे।

साथै, सिंहदरबारलाई प्लास्टिकमुक्त क्षेत्र बनाउन सफल भएको दाबी गर्दै वातावरणीय सुधारका लागि मन्त्रालयले थप पहल गर्ने जानकारी पनि दिए।

प्रकाशित: ९ माघ २०८१ १६:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App