राजनीति

एमाले स्थायी समितिको बैठक जारी

काठमाडौं– प्रमुख सत्तारुढ दल नेकपा (एमाले) स्थायी समितिको बैठक समसामयिक राजनीतिक विषयमा छलफल गर्न अहिले प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ। 

बैठकमा नेकपा (माओवादी केन्द्र) सँग पार्टी एकीकरण गर्नेलगायत महत्वपूर्ण विषयमा छलफल भइरहेको बताइएको छ। 

एमाले र माओवादी केन्द्रले यही वैशाख ९ गते पार्टी एकीकरण गर्ने आन्तरिक र द्विपक्षीय तयारी गरिरहेका बेला यो बैठक बसेको हो। 

एमालेले यही वैशाख ७ गते पार्टी केन्द्रीय कार्य समितिको बैठक बोलाएकाले त्यसका लागिसमेत यो बैठकले कार्यसूची तय गर्नेछ। 

बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल र माधवकुमार नेपाल, पार्टी उपाध्यक्षद्वय वामदेव गौतम र भीम रावल, नेता सुवास नेम्वाङ, महासचिव एवं रक्षामन्त्री ईश्वर पोखरेललगायत सहभागी छन्। 

दुई ठूला कम्युनिष्ट पार्टीबीचको एकीकरण सम्बन्धमा सोमबार बिहान प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटारमा आपसी छलफल भएको थियो। रासस

प्रकाशित: ३ वैशाख २०७५ १५:०६ सोमबार

एमाले स्थायी समितिको बैठक जारी