राजनीति

विदेशीलाई पनि नेपाली रैथाने खानाको स्वाद चखाउन पर्छ: गगन

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कृषि जैविक विविधताको संरक्षण तथा प्रवर्द्धनका साथै रैथाने खानाको बजारीकरणमा सरोकारवाला निकायले ध्यान दिन आवश्यक भएको बताएका छन्।

ग्यास्टोनोमी टुरिजम एसोसिएसन अफ नेपालले आयोजना गरेको तेस्रो ‘राष्ट्रिय जैविक विविधता सप्ताह–२०८१’ को समापनका अवसरमा सोमबार उनले सरकारले ल्याउन लागेको कृषि ऐनमा कृषिको जैविक विविधताको विषय समेटिने विश्वास व्यक्त गरे।

महामन्त्री थापाले कृषि मन्त्रालयले बनाउँदै गरेको नयाँ ऐनमा रैथाने बीउबिजन, उत्पादन र कृषि जैविक विविधताको संरक्षण कृषिको मूल आधारको रुपमा हेरिनुपर्नेमा जोड दिए।

उनले भने, “जलवायु परिवर्तन र वन संरक्षणको विषय निकै महत्वका साथ उठाइने गरिएको छ, तर कृषि जैविकताको विषय भने ओझेलमा परेको छ, अहिले कृषि ऐन बनिरहेको सन्दर्भमा यसलाई केन्द्रमा ल्याउने अवसर आएको छ, यसका सबैको सक्रियता चाहिन्छ।”

महामन्त्री थापाले विदेशी पर्यटकलाई नेपालको रैथाने खानाको परिकारको स्वाद चखाउन सके नेपालको पर्यटन प्रवर्द्धनमा टेवा पुग्नेमा विश्वास व्यक्त गरे। उनले सबै जातजाति र समुदायको खाना, रहनसहन, पाककला र संस्कृति जोडेर पर्यटन प्रवर्द्धन गरिनुपर्नेमा जोड दिए।

प्रकाशित: ७ माघ २०८१ १६:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App