कोशी प्रदेश सभाको छैंटौं हिउँदे अधिवेशन आज सोमबार दिउँसो २ बजेबाट सुरु हुनेछ। प्रदेश सचिवालयका अनुसार, आजको बैठकमा पाँच विषयमा छलफल हुनेछ, जसमा प्रदेश प्रमुखको पत्र वाचन, अध्यादेश २०८१ पेशी, सभामुखको आदेश अनुमोदन, र मुख्य न्यायाधीवक्ता सम्बन्धी विधेयक पेश गर्ने कार्यक्रम छ। पहिलो दिन शीर्ष नेताहरुले मन्तव्य दिनेछन्। असोज ४ मा पाँचौं अधिवेशन समाप्त भएको थियो।
प्रकाशित: ७ माघ २०८१ ०८:२० सोमबार