लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले १८ औं बलिदानी दिवस विभिन्न कार्यक्रमको आयोजना गरेर मनाएको छ।
शनिबार काठमाडौंको बबरमहलस्थित पार्टी केन्द्रिय कार्यालयमा लोसपाले शहीदहरुको तस्बिरमा माल्यार्पण र पुष्पगुच्छा अर्पण गरेर बलिदानी दिवस मनाएको हो।
सो अवसरमा बोल्दै लोसपा उपाध्यक्ष अजय कुमार गुप्ताले महिला, मधेसी, जनजाति दलिहरुका मुद्दा अझै पूर्ण रुपमा सम्बोधन हुन नसकेको बताए।
उनले मधेसका शहीदका सपना सरकारले अझै पूरा गर्न नसकेको पनि उल्लेख गरे। वर्तमान सरकार र सिंगो देशले संविधान संशोधन गर्ने कुरा उल्लेख गरिसकेको भन्दै नेपाली जनताको मागअनुसार संविधान संशोधन हुनुपर्नेमा उनले जोड दिए।
मधेस केन्द्रित दलहरुले आज प्रथम मधेस आन्दोलनको १८ वर्ष पूरा भएको अवसरमा बलिदानी शहीद दिवस मनाइरहेका छन्।
शहीद रमेश महतोको सहादत तथा आन्दोलनको सुरुवात भएको सम्झनामा माघ ५ गतेलाई मधेस प्रदेश सरकार र मधेस केन्द्रित दलहरु बलिदानी दिवसको रुपमा मनाउने गर्दछन्।
प्रकाशित: ५ माघ २०८१ १६:१५ शनिबार