राजनीति

माओवादी अध्यक्ष दाहाल मोरङमा, लिए भक्काको स्वाद

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल अहिले मोरङमा छन्। शुक्रबार साँझ मोरङ पुगेका उनले राजवंशी समुदायको भक्काको स्वाद लिए। 

आज सामाजिक सञ्जालमा भक्का खाँदै गरेको तस्बिर राख्दै दाहालले राजवंशी समुदायको भक्काको स्वादसँगै दिनको सुरुवात गरेको उल्लेख गरेका छन्। साथै उनले आजै मोरङका जनसमुदायसँगको साक्षात्कारमा समेत हुने जानकारी गराए।

उनले लेखेका छन्, 'शुभ प्रभात! राजवंशी समुदायको भक्काको स्वादसँगै आजको दिनको सुरुवात गरेको छु। आज दिनभरजसो मोरङका जनसमुदायसँगको साक्षात्कारमा रहने छु।'

दाहाल शनिबार विराटनगरको न्यू सृष्टि दैनिकको वार्षिकोत्सव र मोरङको ग्रामथान गाउँपालिकामा आयोजना हुने सभामा सहभागी हुने छन्।

प्रकाशित: ५ माघ २०८१ ०९:४० शनिबार

#prachanda #Political Affairs