राजनीति

सुदूरपश्चिम पुगेर रावलले भने: मेरो अभियान देशको रक्षाको लागि हो

नेकपा एमालेबाट निष्कासित पूर्व उपाध्यक्ष भीम रावल शुक्रवार सुदूरपश्चिम भ्रमणका लागि कैलाली पुगेका छन् । भर्खरै ‘मातृभूमि जागरण अभियान, नेपाल’ घोषणा गरेका रावल पछिल्लो समय नयाँ पार्टीको तयारीमा छन् । बिहीबार मात्रै पार्टी गठन गर्ने उद्देश्यका साथ रावलले चार पानाको ‘मातृभूमि जागरण अभियान, नेपाल, संक्षिप्त जानकारी’ भन्दै एक प्रस्ताव सार्वजनिक गरेका थिए । 

जसमा ‘देशमा देशभक्तिपूर्ण  राजनीतिक शक्ति/दल निर्माण निर्माणमा योगदान गर्ने’ उल्लेख छ । 

यस क्रममा कैलाली पुगेका बेला आफ्ना समर्थकलाई सम्बोधन गर्दै रावलले आफ्नो अभियान देशको रक्षाको लागि रहेको दाबी गरे । ‘तपाईँ जहाँतहाँ जानुहुन्छ, यो अभियान देशको रक्षाका लागि हो, जनताको हक अधिकारको रक्षाका लागि हो,’ रावलले भने, ‘माथि केन्द्रमा बसेर सत्तालाई केवल निहित स्वार्थमा दुरुपयोग गर्ने र यो देशलाई अझ गरिब, अझ अव्यवस्थित, अझ हाम्रो स्वाधीनतामाथि खतरा निम्त्याउनेहरुका विरुद्ध हो भन्ने सन्देश पुर्‍याइदिनु हुनेछ भन्ने विश्वास गरेको छु ।’ 

प्रकाशित: ४ माघ २०८१ १२:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App