प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले गृहमन्त्री रमेश लेखकलाई छलफलका लागि बोलाएको छ ।
बिहीबार बसेको समितिको बैठकले शुक्रवार बस्ने बैठकमा गृहमन्त्री लेखकलाई राष्ट्रिय परिचयपत्रको विषयमा छलफल गर्न समितिमा बोलाएको हो । बैठकमा समिति सभापति रामहरि खतिवडाले बैठकले शुक्रवार गृहमन्त्री रमेश लेखकलाई राष्ट्रिय परिचयपत्रको बारेमा छलफल गर्न बोलाउने निर्णय गरेको बताए।
उनले भने, ‘राष्ट्रिय परिचयपत्रको बारेमा छलफल गर्न भोलि गृहमन्त्रालयलाई बोलाएका छौँ ।’
अर्को बैठक शुक्रबार मध्यान्ह साढे १२ बजे बस्ने जानकारी दिए।
प्रकाशित: ३ माघ २०८१ १८:४३ बिहीबार