राजनीति

मन्त्रीहरूलाई देउवाको निर्देशन: ‘पाँच दिन काम गर्नु, दुई दिन भेटघाट गर्नु’

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पाँच दिन मन्त्रालयको काम गर्ने र दुई दिन पार्टीका नेता/कार्यकर्ताहरुसँग भेट्न पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीहरूलाई निर्देशन दिएका छन्।

बिहीबार देउवा निवास बुढानीलकण्ठमा बसेको कांग्रेस संसदीय दल केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीहरूलाई सो निर्देशन दिएका हुन्।

प्रमुख सचेतक श्यामकुमार घिमिरेका अनुसार बैठकले दुई दिन पार्टीका नेता/कार्यकर्ताहरुसँग पार्टी कार्यालयमा भेटेर जनताका आवाज सुन्ने र ५ दिन मन्त्रालयको काममा लाग्न पनि निर्देशन दिएको छ ।

घिमिरेले सांसदहरुको चासो, सुझाव र अपेक्षालाई छलफलमार्फत संसदीय दल कार्यसमिति र मन्त्रालयहरूले समन्वय गर्ने निर्णय भएको पनि बताए। पार्टीको प्रदेश समिति, जिल्ला, क्षेत्र एवं स्थानीय तहहरूमार्फत पार्टी केन्द्रीय कार्यालयमा आउने गरेका नागरिकका सुझाव र मागहरूका सम्बन्धमा महिनामा एक पटक पार्टी केन्द्रीय कार्यालयमा छलफल गर्ने निर्णय भएको बताए। 

उनले भने, ‘हप्तामा दुई निश्चित दिन खुला भेटघाट गर्ने, मन्त्रीहरुले । आलोपालो सिस्टमबाट हप्तामा दुई दिन पार्टीबिचमा गएर भेटघाट गर्ने । कार्यकताहरुसँग भेट्ने, नागरिकको गुनासो सुन्ने । सुझाव लिने । बाँकी पाँच दिन मन्त्रालयको काममा केन्द्रित हुने । सांसदहरुको चासो, सुझाव र अपेक्षालाई छलफलमार्फत संसदीय दल कार्यसमिति र मन्त्रालयहरूले समन्वय गर्ने ।  पार्टीको प्रदेश समिति, जिल्ला, क्षेत्र एवं स्थानीय तहहरूमार्फत पार्टी केन्द्रीय कार्यालयमा आउने गरेका नागरिकका सुझाव र मागहरूका सम्बन्धमा महिनामा एक पटक पार्टी केन्द्रीय कार्यालयमा छलफल गर्ने ।’

प्रकाशित: ३ माघ २०८१ १५:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App