राजनीति

सुप्रिम सहकारी ठगी प्रकरण: रविविरुद्ध रुपन्देहीमा पनि मुद्दा दर्ता हुँदै

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध रुपन्देहीमा पनि मुद्दा दर्ता हुने भएको छ।

जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालत रुपन्देहीमा रविसहित थप १४ जनाविरुद्ध मुद्दा दर्ता गर्न लागेको हो। यसअघि २८ जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता भइसकेको छ ।

रवि लामिछाने, पूर्वडीआईजी छविलाल जोशीसहितका ४२ जनाविरुद्ध १ अर्ब १२ करोड बिगो दाबीसहित रुपन्देही जिल्ला अदालतमा बिहीबार नै मुद्दा दर्ताको तयारी सरकारी वकिल कार्यालयले गरेको छ।

यदि बिहीबार कुनै प्राविधिक कारणले मुद्दा दर्ता नभए शुक्रबार मुद्दा दर्ता गरिने सरकारी वकिल कार्यालय स्रोतले जनाएको छ।  

प्रहरीले गत शुक्रबार नै दुई प्रतिवेदन सरकारी वकिलको कार्यालय बुझाएको थियो ।  प्रहरीले दिएको सुरु प्रतिवेदनका २८ जना र पूरक जाहेरीका आधारमा रवि र छविसहित १४ जना थप गरेर प्रहरीले ४२ जनालाई मुद्दा चलाउनु पर्ने राय प्रतिवेदनमा दिएको थियाे। 

प्रकाशित: ३ माघ २०८१ १४:०६ बिहीबार

#Rabi Lamechhane