राजनीति

रास्वपा लक्षित गोकुल बास्कोटाको कटाक्ष : बाघ र निलो रंगे स्यालको फरक कहिले छुट्टेला?

नेकपा एमालेका नेता गोकुल बास्कोटाले रास्वपाप्रति कटाक्ष गर्दै बाघ र निलो रंगे स्यालको फरक कहिले छुट्टेला भन्दै प्रश्न गरेका छन्। 

उनले रास्वपाका नेता तथा कार्यकर्ताहरूप्रति कटाक्ष गर्दै आज बिहान सामाजिक सन्जालमा यस्तो प्रश्न गरेका हुन्। उनले लेखेका छन्, 'न्याय मरेको छैन भन्थे अदालत परिसरमै मुक्का बजारेपछि जिउँदो मात्र होइन माइक टाईसनभन्दा तीनगुणा बललशाली रहेको प्रमाणित भयो।'

बास्कोटाले रास्वपा सभापति रवि लामिछाने अझैं तीन वटा अदालतमा हाजिर हुनुपर्ने प्रसंग निकाल्दै कति कालाकोट धुजाधुजा हुने हुन् भन्दै खेद प्रकट गरेका छन्।

उनले अगाडि लेखेका छन्, 'अझै तीन परिसर चाहार्न बाँकी छ जस्तो छ? कति कालाकोट धुजाधुजा हुने हुन्? टेलर्स, मिडीया, मेडिकल, म:म, मकै सबै चल्ने भए। बाघ र निलो रंगे स्यालको फरक कहिले छुट्टेला?'

हिजो (बुधबार) वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि काठमाडौँ जिल्ला अदालतभित्रै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले आक्रमण गरेका थिए। रास्वपा सभापति लामिछानेविरुद्धको मुद्दामा थुनछेक बहस सकिएपछि बाहिरिने क्रममा उनीमाथि आक्रमण भएको हो। उनीमाथि आक्रमण भएपछि सामाजिक सञ्जालमा रास्वपाको आलोचना भएको छ। त्रिपाठीमाथि आक्रमण गरेको विषयमा कानुनविद्हरूले आपत्ति जनाउँदै लामिछानेलाई यो प्रकरणले झन् कमजोर बनाएको जनाएका छन्।

प्रकाशित: ३ माघ २०८१ ०८:५० बिहीबार

#political #rabi lamichhane #Rasopa #Nagariknews #Gakul Baskota