राजनीति

सत्ताको दुरुपयोग भइरहेको छः माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सत्ताको दुरुपयोग भइरहेको आरोप लगाएका छन्।

बुधवार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बसेको समाजवादी मोर्चाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो आरोप लगाएका हुन्।

उनले सत्ताको बारेमा आफूले कुनै कुरा नगरेको उल्लेख गर्दै सरकारले संविधान र संसदलाई उपेक्षा गरेको बताए। उनले संसदको बैठकलाई छलेर र विधेयकहरु समितिमा विचाराधिन रहेको अवस्थामा अध्यादेश ल्याउन नहुने बताए। अध्यादेश ल्याउनका लागि समितिमा विचाराधिन विधेयक पहिला फिर्ता गर्नुपर्ने उनले बताए। अध्यादेश ल्याउँदा पनि सबैसँग छलफल भए विवाद कम हुने उनले बताए।

उनले भने, ‘मैले सत्ताको बारेमा केही भनेको छैन । सत्ताको दुरुपयोग भइरहेको छ । सरकारले संविधानलाई र संसदलाई उपेक्षा गर्ने काम गरिरहेको छ । संसदको बैठकलाई छलेर त्यसमा पनि विधेयकहरु समितिमा विचाराधिन रहेको अवस्थामा अध्यादेश ल्याउने काम भएको छ । यो नियम विपरितको काम हो । यस्तो कामहरुको बारेमा सरकारलाई हामीले खबरदारी गर्नुपर्छ । यस्ता कुराबाट पछि हटोस् भनेर त्यसको निम्ति दबाब दिनुपर्छ । विधि प्रक्रियाको उल्लंघन हुनु भएन । विधेयक समितिमा छ भने समितिबाट पहिला फिर्ता हुनुपर्छ । बल्ल अध्यादेशको रुपमा आउनसक्छ । विधेयक समितिमा विचाराधिन हुँदाहुँदै त्यसमा अध्यादेश ल्याउन पाइँदैन । अध्यादेश ल्याउनै छ भने छलफलको विषय बनाउँदा विवाद कम हुन्छ । छलफलपछि राम्रो हुन्छ । सरकारले राम्रो काम गरोस् भन्ने शुभेक्षा छ ।’

प्रकाशित: २ माघ २०८१ १६:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App