प्रधानमन्त्री केपी शर्मा ओलीले हालै सरकारले ल्याएको अध्यादेशको विषयवस्तुबारे जानकारी दिने भएका छन्।
बुधबार दिउँसो ४ बजे पत्रकार सम्मेलन गरेर प्रधानमन्त्रीले अध्यादेशका विषयवस्तुको सार्वजनिक गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
सरकारले पुस २६ गते विभिन्न ५ अध्यादेश ल्याएको थियो । तर, राष्ट्रपतिले चार वटा अध्यादेश मात्र स्वकृत गरेका थिए। राष्ट्रपति पौडेलले भूमिसम्बन्धी अध्यादेश अध्ययन गर्नुपर्ने भन्दै होल्ड गरेका थिए ।
प्रकाशित: २ माघ २०८१ १३:५८ बुधबार