पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेलाई बुधबार (आज) काठमाडौं जिल्ला अदालतमा थुनछेक बहसका लागि उपस्थित गराइएको छ। उनीमाथि काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनको मुद्दा लागेको छ।
आइतबार बयानका लागि उनी काठमाडौं जिल्ला अदालतमा हाजिर भएका थिए। त्यसपछि न्यायाधीश माधवप्रसाद अधिकारीको एकल इजलासले उनलाई हिरासतमा पठाउन आदेश गरेको थियो।
सोमबार पनि थुनछेक बहस भएको थियो, तर मंगलबार माघे संक्रान्तिको विदा भएकाले बयान हुन सकेन। त्यसपछि आजदेखि पुनः निरन्तर सुनुवाइ हुन लागेको हो।
प्रकाशित: २ माघ २०८१ ११:११ बुधबार