राजनीति

प्रधानमन्त्रीमाथि रावलको आरोप: वन र निकुञ्जको जग्गा भूमाफियालाई दिँदैछन्

नेकपा एमालेबाट निष्कासित पूर्व उपाध्यक्ष भीम रावलले प्रधानमन्त्री केपी ओलीमाथि वन तथा निकुञ्जको जग्गा भू माफियालाई दिन लागेको आरोप लगाएका छन् । मङ्गलवार सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै रावलले यस्तो आरोप लगाएका हुन् । 

‘प्रम(प्रधानमन्त्री) केपी ओलीको अध्यादेश तन्त्रले भूमि, वन र निकुञ्जसम्बन्धी अध्यादेश ल्याएर वन र निकुञ्जको जग्गासमेत व्यक्तिलाई दिन सकिने प्रपञ्च गर्दै छ,’ रावलले लेखेका छन्, ‘पञ्चायत कालमा समेत प्राकृतिक सम्पदाको संरक्षणका लागि बनाइएका निकुञ्जको जग्गा व्यक्तिलाई दिन तम्सिनु भू माफियाको स्वार्थपूर्ति गर्ने खेल हो कि?’ सरकारी वा सार्वजनिक जग्गामा आँखा लगाउने र आधिपत्य जमाउन ठुला दलका गठबन्धनकर्ता नै देखिएको रावलले थप आरोप लगाएका छन् ।

प्रकाशित: १ माघ २०८१ १४:०२ मंगलबार

#Bhim Rawal #KP Sharma Oli