राजनीति

परराष्ट्र मन्त्री भन्छिन्: असंलग्न परराष्ट्र नीति अपरिवर्तनीय छ, तेस्रो छिमेकी अमेरिका

परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले नेपालले अँगाल्दै आएको असंलग्न परराष्ट्र नीति अपरिवर्तनीय रहेको बताएकी छन् । सोमबार अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् । 

‘भूराजनीतिमा हामी उभिएको स्थान असंलग्न परराष्ट्र नीति हो । हामी कसैको पनि रणनीतिक मुभमेन्टमा सहभागी हुन्नौँ,’ परराष्ट्र मन्त्री देउवाले भनिन्,‘हामी दुई ठुला शक्ति राष्ट्रको बिचमा छौँ । हाम्रो तेस्रो छिमेकी अमेरिका नै हो । सबैलाई सन्तुलन गरेर हिँड्नु नै हाम्रो सर्भाइभल हो ।’  आफूले परराष्ट्रमन्त्री हुनुभन्दा अगाडी थाहा पाएको कुरा यही रहेको बताउँदै नेपालको भलाइ पनि यसमै रहेको उनले बताइन्।

‘यही कारण हामी बिपी कोइरालाको पालादेखि नै असंलग्न परराष्ट्र नीतिमा छ । यो हाम्रो अपरिवर्तनीय अडान हो,’ परराष्ट्र मन्त्री देउवाले भनिन् । 

प्रकाशित: २९ पुस २०८१ १३:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App