कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभाको हिउँदे अधिवेशन माघ ७ गतेलाई आह्वान गरेका छन् ।
कोशी प्रदेश मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले गरेको सिफारिस अनुसार प्रदेश प्रमुख खापुङले माघ ७ गते अधिवेशन आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति जारी गरी माघ ७ गते दिउँसो २ बजे प्रदेशसभाको छैठौं अधिवेशन आह्वान गरेको उल्लेख छ ।
प्रकाशित: २८ पुस २०८१ १६:३५ आइतबार