पूर्व उपप्रधान एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने आज काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन्।
उनीविरूद्ध काठमाडौंमा स्वर्णलक्ष्मी सहकारी अपचलनसम्बन्धी मुद्दा दर्ता भएको छ। यसअघि गत बिहीबार उनलाई जिल्ला अदालत कास्कीका न्यायाधीश नितिज कुमार राईको आदेशमा सूर्यदर्शन सहकारी प्रकरणमा ६५ लाख धरौटीमा रिहा गर्न आदेश गरेको थियो।
रिहा भएपछि लामिछानेलाई प्रहरीले नियन्त्रणमा लिने तयारी गरेको थियो। तर उनले आफैं काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने भनेपछि कागज गरेर छोडिएको थियो।
प्रकाशित: २८ पुस २०८१ १०:१० आइतबार