राजनीति

राज्य एकीकरणको नेतृत्व गर्ने पृथ्वीनारायण शाहप्रति उच्च सम्मान : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय एकता दिवस तथा ३०३औँ पृथ्वी जयन्तीको शुभकामना दिएका छन्। 

सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘राज्य एकीकरणको नेतृत्व गर्नुहुने पृथ्वीनारायण शाह र त्यस अभियानमा आफ्नो ज्यानको परवाह नगरी होमिने हाम्रा पुर्खाहरूमा उच्च सम्मान व्यक्त गर्दछु।’ 

तत्कालीन राजा शाहको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ। विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म लिएका थिए। 

पृथ्वीनारायण शाहले विसं १८०१ मा नुवाकोट विजय गरेका थिए। त्यसको २५ वर्षपछि १८२६ सालमा काठमाडौँ उपत्यका विजय हासिल गरेका थिए। 

प्रकाशित: २७ पुस २०८१ १०:४८ शनिबार

#kpsharmaoli #Nagariknews