राजनीति

साउदीका राजदूत हुसेनद्वारा राष्ट्रपतिसँग बिदाइ भेट

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालका लागि साउदी अरेबियाका राजदूत अब्दुल नासेर हुसेन अल हार्थीले आइतबार बिदाइ भेट गरेका छन्।

राष्ट्रपति कार्यालयमा भएको उक्त भेटमा नेपाल–साउदी अरेबिया सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा विचार विमर्श भएको थियो। 

त्यस अवसरमा राष्ट्रपति कार्यालय र यहाँस्थित साउदी अरेबियाली राजदूतावासका उच्च अधिकारीहरुको उपस्थिति थियो। 

प्रकाशित: २ वैशाख २०७५ १३:०५ आइतबार

साउदीका राजदूत हुसेनद्वारा राष्ट्रपतिसँग बिदाइ