मन्त्रिपरिषद् बैठक अहिले प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा जारी छ।
राति साढे ९ बजेतिर सुरु भएको बैठकका एजेन्डा खुलाइएको छैन। तर, सरकारले केही विधेयकको तयारी गरिएको बुझिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक महामन्त्री कबिन्द्र बुर्लाकोटीले भने 'शङ्काहरू मिथ्या होऊन्' भनेर एक पोस्ट् गरेका छन्।
उनी अगाडि भन्छन्, 'नियमित राजनीति, चिसोको मौसम, उमेर पाकेका नेताहरू तर, मध्यराति मन्त्रिपरिषद्को बैठक ?'
यस्तै केन्द्रीय सदस्य विजय जैरूले पनि शङ्काहरू उब्जिएको बताएका छन्। उनले फेसबूक पोस्ट्मा भनेका छन्, 'मध्यराति मन्त्रिपरिषद् बैठक। स्वाभाविक रूपमा शङ्काहरू उब्जिएका छन्।'
बैठकपूर्व प्रधानमन्त्री केपी शर्मा ओली कानुनमन्त्री अजय चौरासियासहित राष्ट्रपति रामचन्द्र पौडेल भेट्न शीतल निवास पुगेका थिए।
प्रकाशित: २६ पुस २०८१ २२:११ शुक्रबार