राजनीति

नेपाल एयरलाइन्स कमजोर हुँदा पोखरा विमानस्थल उडानमा समस्या : सञ्चारमन्त्री

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल एयरलाइन्स कमजोर हुँदा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा समस्या आएको बताएका छन्। 

शुक्रवार पोखरामा सुनौलो नेपालको गण्डकीको पर्यटन र अर्थतन्त्रको उडानसम्बन्धी कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि सबैभन्दा पहिला नेपाल एयरलाइन्सलाई बलियो बनाउनुपर्नेमा उनको जोड छ। उनले कोरला नाकालाई व्यवस्थित बनाउने कुरा, निर्माण गर्ने कुरा र कोरला नाकासँगै जोडेर एउटा स्पेसल इकोनोमिक जोन बनाउने कुरा वा ट्राइपोर्ड बनाउने कुरामा हाम्रो प्रयत्न रहन्छ । 

उनले भने, ‘हामी यो कोरला नाकालाई व्यवस्थित बनाउने कुरा, निर्माण गर्ने कुरा र कोरला नाकासँगै जोडेर एउटा स्पेसल इकोनोमिक जोन बनाउने कुरा वा ट्राइपोर्ड बनाउने कुरामा हाम्रो प्रयत्न रहन्छ । त्यसले हाम्रो गण्डकी प्रदेशको, पर्यटन, उद्योग लगायत अरु क्षेत्रमा महत्वपूर्ण योगदान दिन्छ।’ 

उनले थपे, ‘यसले पर्यटनको विकास त छँदैछ। अरु क्षेत्रको विकास पनि हुन्छ । हामी एउटा निश्चित क्षेत्र भित्र छौँ। यो रेक्ट एंगल भित्र नै आर्थिक गतिविधि हुने हो। लुम्बिनी प्रदेशको भैरहवा, गण्डकी प्रदेशको पोखरा, बागमती प्रदेशको काठमाडौं, मधेस प्रदेशको निजगढ एयरपोर्ट यि चार वटा इनटरनेशनल एयरपोर्टभित्र त्यसको दायरा पनि त्यसको कम्पाउण्डभित्र पर्छ। यो भित्रको सबै चिज इकोनोमिक जोनको रुपमा डेभलप हुनसक्ने सम्भावना छ।’ 

सञ्चारमन्त्री गुरुङ पोखरा अन्तर्राष्ट्रिय विमानस्थल कसरी प्रभावकारी रुपमा सञ्चालन गर्ने भन्ने कुरा महत्वपूर्ण रहेको पनि उल्लेख गरेका छन्। 

प्रकाशित: २६ पुस २०८१ २१:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App