राजनीति

रविले सहकारीबाटै ७५ लाख भुक्तानी गरेको खुलासा भयो : सूर्य थापा

रवि लामिछानेमाथि अनुसन्धान प्रक्रिया अगाडि बढाउन प्रस्ताव गर्ने प्रतिवेदन बनाउने विशेष संसदीय समितिका सभपाति सूर्य थापाले लामिछानेले सुरुमा सहकारीबाटै ७५ लाख भुक्तानी गरेको खुलेको बताएका छन्।

जिल्ला अदालत, कास्कीले बिहीबार (आज) रिहा गरेपछि लामिछानेसहितका बारेमा निकालेको पूर्णपाठको अंश साझेदारी गर्दै थापाले यस्तो बताएका हुन्।

'सहकारीको रकमबाटै सुरुमा गोरखा मिडिया नेटवर्कमा ७५ लाख रवि लामिछानेको शेयरबापत् भुक्तानी गरेको खुलासा भयो,' थापाले भनेका छन्।

प्रकाशित: २५ पुस २०८१ २१:१८ बिहीबार

#suryathapa