राजनीति

दलहरूले राज्यका संरचनालाई दुरुपयोग गरे: सांसद दाहाल

सांसद लेखनाथ दाहाल राजनले राज्यका निकायमा चरम दलीय करण भएको बताएका छन्।

प्रेस सेन्टर नेपाल सिन्धुलीले गरेको पत्रकार भेटघाटमा बोल्दै दाहालले एउटै प्रकृतिको मुद्दामा पनि कोही जेल जाने र कोही सहजै छुट्ने भइरहेकाले अख्तियार र अदालमा पनि राजनीतिक दबाब र प्रभाव परेको बताएका हुन्।

दाहालले भने, '२२ करोड अपचलन भएको मुद्दामा ऋषिकेश पोखरेलको श्रीमतीलाई एकै दिनमा अदालतमा हाजिर गराएर सोही दिनमै धरौटीमा छुट्नु दबाब र प्रभावमा परेको नजिर हो। सहकारी ठगी प्रकरणमै धनराज गुरुङको अनुसन्धानबाहिरै राखेर सिआइवीले गरिराखेको छ, उस्तै प्रकृतिको मुद्दामा रवि लामिछाने हिरासतमा हुनुहुन्छ घुमाइराखिएको छ। एउटै प्रकृतिको मुद्दामा राज्यले विभेद गर्नुहुन्न ।' 

प्रकाशित: २५ पुस २०८१ १५:०० बिहीबार