राजनीति

सांसद ढकाल र श्रीलंकाली नवनिर्वाचित प्रधानमन्त्रीबिच भेटवार्ता

प्रतिनिधि सभाका सदस्य एकनाथ ढकालले मित्र राष्ट्र श्रीलंकाको नवनिर्वाचित प्रधानमन्त्री हरिणी अमरासुरिया सँग बुधबार कोलम्बोमा शिष्टाचार भेट गरेका छन्।

श्रीलंकाको प्रधानमन्त्री कार्यालयमा भएको भेटमा द्विपक्षीय हित र मित्रता अभिवृद्धि गर्ने बारे छलफल भएको ढकालको सचिवालयले जनाएको छ।

सांसद ढकालले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट प्रधानमन्त्री हरिणी अमरासुरियालाइ शुभकामना दिँदै उपयुक्त समयमा नेपालको मैत्रीपूर्ण भ्रमणको लागि समेत आग्रह गरे भने प्रधानमन्त्री हरिणी अमरासुरियाले नेपालसँगको विशेष मैत्रीपूर्ण सम्बन्धलाई जोड दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीलाई शुभकामना सन्देश पठाए।

साथै सांसद ढकालले श्रीलंकाली नवनिर्वाचित सभामुख डा जगत विक्रमारत्ने सँग संसद भवनमा शिष्टाचार भेट गरी नेपालका सभामुख देबराज घिमिरेको तर्फबाट सभामुख डा जगत विक्रमारत्नेलाइ शुभकामना दिँदै उपयुक्त समयमा गौतम बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमणको लागि समेत आग्रह गरे।

त्यसै गरी सांसद ढकालले श्रीलंकाको संसद्को प्रमुख प्रतिपक्षी दलका नेता साजिथ प्रेमादासा सँग समेत भेट गरी अन्तरक्रिया गरेका थिए । पूर्व मन्त्री समेत रहेका ढकाल श्रीलंकाको २ दिने मैत्रीपूर्ण भ्रमणमा छन्। 

प्रकाशित: २५ पुस २०८१ १३:२४ बिहीबार