राजनीति

नेपाल वायुसेवाको विमान सञ्चालन र व्यवस्थापनमा कमजोरी रहेकै कारण घाटामा: मन्त्री पाण्डे

काठमाडौं–संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डेले कुनै पनि विभागीय कर्मचारीमाथि पूर्वाग्रह नराखेको प्रष्ट पारेका छन् ।

प्रतिनिधि सभा अन्तर्गत रहेको अन्ताराष्ट्रिय«य सम्बन्ध तथा पर्यटन समितिको बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिँदै मन्त्री पाण्डेले उक्त कुरा बताएका छन्। मन्त्री पाण्डेले भने, मेरो कुनै पनि विभागीय कर्मचारीहरू माथि पूर्वाग्रह छैन । कसले नियुक्त गर्‍यो, कहिले गर्‍यो भन्दा पनि गुण र दोषका आधारमा मात्रै जवाफ खोजिरहेको । उनले नेपाल वायुसेवाको विमान सञ्चालन र व्यवस्थापनमा कमजोरी रहेकै कारण घाटामा गएको उद्घोष गरे। उनले नेपाल एयरलाइन्सलाई नसुधारेर विश्राम लिँदैनौँ भन्ने सन्देश दिन आवश्यक रहेकाले त्यसका लागि समिति लगायत सरोकारवाला निकायले ध्यान दिनु पर्ने समेत उल्लेख गरे ।

उनले नेपाल एयरलाइन्सले समयै विमान उड्छ भन्ने सन्देश दिएको अवस्थामा पहाडी विमानस्थलमा समेत यात्रुको कमी नहुने प्रष्ट पारे। मन्त्री पाण्डेले पहाडी ईलाका एयरपोर्टहरूमा समेत नियमित विमान सञ्चालन र ठूला विमान समेत उडान हुनु पर्नेमा प्रष्ट पारे ।

प्रकाशित: २५ पुस २०८१ ११:५८ बिहीबार