राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व उपप्रधानमन्त्री रवि लामिछानेको जन्मथलोमा वडा सम्मेलन सम्पन्न भएको छ। भक्तपुरको चाँगुनारायण नगरपालिका–७ मा बुधबार पार्टीको वडा अधिवेशन भएको हो।
रास्वपा केन्द्रीय सदस्य एवम् प्रमुख सचेतक सन्तोष परियारको प्रमुख आतिथ्यतामा वडा सम्मेलन सम्पन्न भएको हो। अधिवेशनले प्रेम लामिछानेको नेतृत्वमा ९ सदस्यीय वडा समिति सर्वसम्मत चयन गरेको छ।
प्रकाशित: २४ पुस २०८१ १३:४३ बुधबार