राजनीति

मूलपानी क्रिकेट रंगशाला निर्माणका लागि स्रोत सुनिश्चित गर्न संसदीय समितिको निर्देशन

मूलपानी क्रिकेट रंगशाला निर्माणका लागि स्रोत सुनिश्चितता गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले बिहीबार  युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीसहित मन्त्रालयका सचिवसँग छलफल गरेको थियो। छलफलपछि स्रोत सुनिश्चितता गर्न समितिले सरकारलाई निर्देशन दिएको हो।

त्यस्तै समितिले विराटनगरमा रहेको गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला निर्माणका लागि स्रोत सुनिश्चितता गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।

प्रकाशित: २४ पुस २०८१ १३:२५ बुधबार

#Mulpani Cricket Stadium