राजनीति

पूर्वपरराष्ट्रमन्त्री साउदद्वारा अमेरिकी पूर्वराष्ट्रपति कार्टरप्रति श्रद्धाञ्जली

पूर्वपरराष्ट्रमन्त्री एनपी साउदले अमेरिकी पूर्वराष्ट्रपति जिम्मी कार्टरको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन्।  

काठमाडौँस्थित अमेरिकी राजदूतावास पुगेर पूर्वमन्त्री साउदले अमेरिकी पूर्वराष्ट्रपति एवं नोबेल शान्ति पुरस्कार विजेता कार्टरको स्मृतिमा राखिएको शोक पुस्तिकामा हस्ताक्षर गरेका हुन्।  

पूर्वराष्ट्रपति एवं कार्टर सेन्टरका संस्थापक जिम्मी कार्टरको एक सय वर्षको उमेरमा गत डिसेम्बर २९ मा निधन भएको थियो।

प्रकाशित: २३ पुस २०८१ १२:४७ मंगलबार

#Political Affairs