राजनीति

आलेलाई काली बाबाको हातबाट ‘हिन्दु रत्न अवार्ड’

पूर्व मन्त्री प्रेम आले मगरलाई विश्व हिन्दु महासङ्घले ‘हिन्दु रत्न अवार्ड’ प्रदान गरिएको छ । भारतको नयाँ दिल्लीस्थित खाटु श्याम धाममा आयोजित समारोहका बिच आलेलाई काली बाबा शङ्कराचार्यको हातबाट अवार्ड प्रदान गरिएको हो । अवार्ड प्रदान गर्दा विश्व हिन्दु महासङ्घका पदाधिकारीहरू समेत सामेल थिए । 

यो अवार्ड हरेक पाँच वर्षमा विश्वका समाजसेवी, राजनीतिज्ञ, धर्मगुरु र सनातन हिन्दु धर्मको संरक्षणमा योगदान पुर्‍याउने व्यक्तिहरू प्रदान गरिने विश्व हिन्दु महासङ्घले जनाएको छ ।

हिन्दु धर्मको संरक्षणमा योगदान पुर्‍याएको भन्दै पूर्व मन्त्री आलेसहितका व्यक्तिहरूलाई यस वर्ष अवार्ड प्रदान गरिएको महासङ्घले जनाएको छ । 

यस वर्ष यो अवार्ड बेलायतका पूर्व प्रधानमन्त्री ऋषि सुनक, भारतका प्रसिद्ध समाजसेवीहरू एसएस अग्रवाल र निता अम्बानी, प्रसिद्ध भारतीय उद्योगपति गीताञ्जली कर्लोस्कर, अमेरिकाका स्कोन धर्म गुरु स्वामी जय पतका, भारतका प्रसिद्ध समाजसेवी भगवान गंगाराम पाण्डे, भारतका प्रसिद्ध समाजसेवी राजश्री बिरला, श्रीलङ्काका बौद्ध धर्मगुरु थेरो सुमेधा, आर्या समाज सिंगापुरका अध्यक्ष ओमप्रकाश राईलगायतलाई प्रदान गरिएको बताइएको छ । 

प्रकाशित: २० पुस २०८१ १५:१२ शनिबार

#Prem Ale