राजनीति

'स्थिरता, स्थायित्व र विकासका लागि वर्तमान सरकार'

उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले देशमा स्थिरता एवम् स्थायित्व कायम गर्दै आर्थिक विकासका लागि वर्तमान सरकार गठन भएको बताएका छन्।

सिरहाको लहानस्थित नगरपालिकाको सभाहलमा आज आयोजित १६औँ नगरसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

“सत्तामा पुग्न मात्र वर्तमान सरकार गठन भएको होइन । २०४६ सालपछि छोटो समयमा सरकार परिवर्तन हुँदा जनताको इच्छा र कामना पूरा हुन सकेन । साना पार्टीले सरकार बनाउँदा अस्थिरता भयो, सोचेअनुरूपको विकास भएन । केही महिनामै सरकार परिवर्तन हुँदा जनतामा निराशा थियो । बलियो सरकार बनोस् भन्ने जनचाहनाअनुसार नै वर्तमान सरकार बनेको हो”, उनले भने।

उपप्रधानमन्त्री सिंहले ठूलो सङ्घर्ष र बलिदानबाट अहिलेको लोकतान्त्रिक व्यवस्था प्राप्त भएको भन्दै प्राप्त अधिकारलाई जिम्मेवारपूर्ण तरिकाले संस्थागत गरी जनता र राष्ट्रको चाहनालाई केन्द्र बिन्दुमा राखी अगाडि बढ्नुपर्ने धारणा राखे। 

प्रकाशित: १९ पुस २०८१ २१:१० शुक्रबार

#Prakashman Singh