राजनीति

निजामतीमा सेवा प्रवेशको हद ३२ र ३७ वर्ष नै राख्न आयोगको प्रस्ताव

लोकसेवा आयोगले निजामतीमा सेवा प्रवेशको हद खुला ३२ वर्ष, महिलाका लागि ३७ वर्ष र समावेशीमा ३७ वर्ष नै उपयुक्त हुने बताएको छ।

शुक्रबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा आयोगका अध्यक्ष माधव रेग्मीले यस्तो बताएका हुन्।

त्यस्तै आयोगले अनिवार्य अवकाश भने ६० वर्ष कायम गरिनुपर्ने प्रस्ताव गरेको छ । हाल अनिवार्य अवकाश ५८ वर्ष रहेको छ । यसलाई बढाएर ६० वर्ष पुर्‍याउनुपर्ने आयोगको प्रस्ताव छ ।

प्रकाशित: १९ पुस २०८१ १३:३८ शुक्रबार