राजनीति

दाहाल नै उपस्थित संसदीय समिति बैठकमा एमालेले माग्यो शेरा दरबारबारे जानकारी

राज्य व्यवस्था समितिको बैठकमा एमाले सांसदले शेरा दरबारको बारेमा जानकारी गराउनुपर्ने माग गरेका छन्।

बिहीबार बसेको समितिको बैठकमा एमाले सांसद बासुदेव घिमिरेले शेरा दरबार र त्यसले चर्चेको जग्गाबारे गृहमन्त्रीसँग जानकारी मागेका हुन्।

त्यसो त बिहीबार राज्य व्यवस्था समितिको बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पनि सहभागी भएका छन्। हुनत संसदीय समितिमा शीर्ष नेताहरु त्यति धेरै सहभागी हुने गर्दैनन्। तर आजको बैठकमा भने दाहाल सहभागी भएका छन्।

आज राज्य व्यवस्था समितिमा भ्रष्टाचार निवारण ऐन २०५९ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा हृदयराम थानी संयोजकत्वको उपसमितिले बुझाएको प्रतिवेदनमा छलफल हुँदै छ ।

यो पनि पढ्नुहोस्

शेरा दरबार जग्गा प्रकरण : अन्तिम सेयर कारोबारसम्म दाहाल नै प्रधानमन्त्री

प्रकाशित: १८ पुस २०८१ १२:२९ बिहीबार

#Ramhari Khatiwada #Prachanda #Ramesh Lakahk #Shera Darbar #Rajya Samiti