नेकपा एकता अभियानका संयोजक वामदेव गौतमले चाँडै नेकपा (एकीकृत समाजवादी)सँग एकता हुने बताएका छन्।
बुधबार एकीकृत समाजवादीको मुख्यालय आलोकनगरमा अध्यक्ष माधवकुमार नेपाललगायत नेताहरूसँग छलफल गरेपछि गौतमले यस्तो बताएका हुन्।
कहिलेसम्म एकता हुन्छ भन्ने पत्रकारहरूको प्रश्नमा उनले भने, 'चाँडै नै होला। धेरै समय छैन। समझदारी विकास गर्दै जान्छौँ।'
उनले आवश्यकताका आधारमा अगाडि बढ्ने बताए।
प्रकाशित: १७ पुस २०८१ १६:०० बुधबार