राजनीति

क्यालेन्डर बनाउन उपसमिति गठन

प्रतिनिधि सभाको पूर्वाधार विकास समितिले क्यालेन्डर बनाउन पाँच सदस्यीय उपसमिति गठन गरेको छ।

उपसमितिमा नेपाली कांग्रेसबाट दिनेश यादव, नेकपा (एमाले) बाट ठाकुर गैरे, नेकपा (माओवादी केन्द्र) बाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निशा डाँगी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट बिना लामा सदस्य छन्।

समितिमा क्यालेन्डर नहुँदा बैठकका लागि गणपूरक संख्या नपुग्ने समस्या रहेको भन्दै माओवादी केन्द्रका सांसद शक्ति बस्नेतले क्यालेन्डर बनाउन माग गरेका थिए।

यसपछि उपसभापति बनाइएको हो।

प्रकाशित: १६ पुस २०८१ १८:०७ मंगलबार

#upasamiti