राजनीति

क्रान्तिकारीमा उमेरहद लागू हुनु ऐतिहासिक परिघटना : इन्चार्ज शर्मा

फ्र्याक्सन इन्चार्ज हिमाल शर्माले अखिल (क्रान्तिकारी)मा ३२ वर्षे उमेरहद लागू हुनु ऐतिहासिक परिघटना भएको बताएका छन्।

सोमबार साँझ आफ्नो आधिकारिक फेसबूक ह्यान्डलमा लेख्दै शर्माले भनेका छन्, 'विद्यार्थी आन्दोलनमा यो एउटा ऐतिहासिक परिघटना हो,' उनले भनेका छन्।

उमेरहदले संगठनभित्र कसैको हार वा जित नभएको उनले बताएका छन् । उनले भनेका छन्, 'यस घटनाले हाम्रो पार्टीलगायत राजनीतिक वृत्तमा एउटा नयाँ तरंग ल्याएको छ । अन्य विद्यार्थी संगठनहरूलाई समेत दबाबमा पारिरहेको छ । नेविसंघमा नेपाली कांग्रेस पार्टीले माथिबाट  लादिएको उमेरहद यतिबेला हटाउने प्रयास भइरहँदा क्रान्तिकारीको यस निर्णयपछि अफ्ठेरोमा पारेको छ ।' 

क्रान्तिकारीमा ३२ वर्षे उमेरहद लागू भएको छ। 

प्रकाशित: १५ पुस २०८१ २१:१० सोमबार

#himalsharma