राजनीति

४१ वटा संसदीय मैत्री समूहले पायो पूर्णता

४१ वटा संसदीय मैत्री समूहले पूर्णता पाएका छन्। बिहीबार संघीय संसद्ले ४४ मध्ये ४१ वटा देशमा संसदीय मैत्री समूह गठन गरेको हो।

४४ संसदीय मैत्री समूह गठन हुनुपर्नेमा बिहीबार ४१ वटा देशमा संसदीय मैत्री समूह गठन भएको संघीय संसद् सचिवालयले जनाएको छ। सचिवालयका अनुसार केही दलले समूहमा रहने सांसदहरुकाे नाम नदिएकाले बाँकी समूहले भने पूर्णता पाउन सकेका छैनन् । 

बिहीबार नै गठित मैत्री समूहका संयोजकहरूसँग सभामुख देवराज घिमिरेले छलफल गरेका छन्।

संसद सचिवालयका अनुसार नेपालसँग दौत्य सम्बन्ध भएका देशमा संसदीय मैत्री समूह गठन गर्ने अभ्यास छ। यसले नेपालसँग ती मुलुकबीच स‌सदीय कुटनीति बलियो बनाउन पहल गर्नेछ । 

यस्तो छ संसदीय मैत्री समूहको संयोजक: 

प्रकाशित: ११ पुस २०८१ १५:०६ बिहीबार