राजनीति

दाहाल सचिवालयको जिकिर- शेरा दरबार कब्जामा माओवादीको संलग्नता छैन

नेकपा (माओवादी केन्द्र) ले शेरा दरबार कब्जामा पार्टीका नेताहरूको संलग्नता नरहेको जिकिर गरेको छ ।

नागरिक दैनिकमा प्रकाशित 'शेरा दरबार कब्जामा माओवादीकै संलग्नता' शीर्षकको समाचारको खण्डन गर्दै अध्यक्ष पुष्पकमल दाहालको सचिवालयले यस्तो जिकिर गरेको हो । 'समाचारमा जसको नाम उल्लेख भएको छ, उहाँ लामो समयदेखि हाम्रो पार्टीको कुनै पनि भूमिकामा नरहेको स्पष्ट गर्न चाहन्छौँ,' दाहालका स्वकीय सचिव रमेश मल्लले भनेका छन् ।

अगाडि उनले भनेका छन्, 'शेरा दरबार कब्जामा माओवादीकै संलग्नता शीर्षकमा एक दैनिकमा प्रकाशित समाचारमा सुशासनको नेतृत्व गरिरहनु भएको हाम्रो पार्टी नेतृत्वको नाम जोडेकोमा गम्भीर ध्यानाकर्षण भएको छ । सत्य-तथ्यको अनुसन्धान नगरी गरिने यस्ता प्रचारबाजीले समाचारको विश्वसनीयतामा मात्र प्रश्न उठाउँदैन, त्यसको गलत नियतलाई उजागर गर्दछ ।'

मल्लले दरबारसम्बन्धी विषयको छानबिन गरि संलग्न जोसुकैलाई पनि कारबाहीको दायरामा ल्याउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

यो पनि पढ्नुहोस्

शेरा दरबार कब्जामा माओवादीकै संलग्नता

प्रकाशित: ११ पुस २०८१ १४:३८ बिहीबार

#SheraDurbar