राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), कास्कीले पोखरामा दुई महिनाअघि लागू गरिएको निषेधित क्षेत्र हटाउन माग गरेको हो ।
रास्वपा कास्की सभापति यदुनाथ अधिकारीको टोलीले बुधबार प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेलाई भेटेर निषेधित क्षेत्र हटाउन माग गरेको हो ।
'लेकसाइड प्रवेशको मुख्य मार्गमा नै दुई महिनाभन्दा बढी समयदेखि निषेधित क्षेत्र कायम रहँदा पर्यटकहरूको आवागमन तथा व्यापार-व्यवसायमा असर परिरहेको र अङ्ग्रेजी नयाँ वर्षको अवसरमा हुन लागेको सडक महोत्सवसहितका कार्यक्रमहरूलाई समेत मध्यनजर गरी निषेधित क्षेत्र हटाउनका लागि अनुरोध छ,' मागपत्रमा भनिएको छ ।
पोखरामा गत कात्तिक ४ गते शहीदचोक आसपासको पूर्वमा वाई चोक, पश्चिममा फिस्टेल गेट, उत्तरमा मालपोत कार्यालय र दक्षिणमा मुस्ताङ चोकसम्म निषेधित क्षेत्र तोकिएको थियो ।
प्रकाशित: ९ पुस २०८१ १७:४८ मंगलबार