राजनीति

कांग्रेसभित्र लोकतान्त्रिक राजनीतिक संस्कार विकास गर्नुपर्छ: उपप्रधानमन्त्री सिंह

उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले राजनीतिक परिवर्तन जस्तै आर्थिक समृद्धिका लागि  पनि कांग्रेस पार्टी सक्षम रहेको  बताएका छन्। नेपाली कांग्रेस रूपन्देहीले मंगलबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। राजनीतिक परिवर्तनसँगै आर्थिक समृद्धिको नेतृत्व गर्न पनि कांग्रेसले क्षमता राख्ने उनको भनाई थियो।

'जसरी राजनीतिक अधिकार गुमेको बेलामा कांग्रेसले जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाउन पोलिटिकल लिडरसिप लियो, आर्थिक समृद्धिका लागि पनि कांग्रेस पार्टी नै सक्षम छ', उनले भने। तर त्यसका लागि कांग्रेस साङ्गठनिक रूपमा सशक्त र व्यवस्थित बनाउनुपर्ने उनले बताए।

कांग्रेस पूर्व महामन्त्री समेत रहेका सिंहले कांग्रेसभित्र लोकतान्त्रिक राजनीतिक संस्कार विकास गर्नुपर्ने बताए। उनले कांग्रेस कार्यकर्ताको मनोबल उठाउनुपर्नेमा जोड दिँदै पार्टीका कारण भएका उपलब्धिबारे नागरिकलाई जानकारी गराउनका लागि पनि स्थानीय पार्टी नेतृत्वलाई आग्रह गरे। 

प्रकाशित: ९ पुस २०८१ १७:३१ मंगलबार