राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यवाहक सभापति डीपी अर्याल बनेका छन्।
रास्वपाको सोमबार बसेको बैठकले उपसभापति अर्याललाई कार्यवाहक सभापति तोकेको हो।
सरकारी वकिल कार्यालय कास्कीले आइतबार लामिछानेलाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता गरेको छ।
पोखराको सूर्यदर्शन सहकारी ठगीको अनुसन्धानमा रहेका रवि लगायत ६३ जनामाथि सरकारी वकिलको कार्यालयले आइतबार मुद्दा दायर गरेको हो।
प्रकाशित: ८ पुस २०८१ १७:२३ सोमबार