राजनीति

रवि लामिछाने निलम्बनको पत्र संसद् पुग्यो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा सांसद रवि लामिछानेको निलम्बनको पत्र संसद् पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय, कास्कीबाट पठाइएको पत्र आइतबार (आज) संघीय संसद् सचिवालय पुगेको हो । संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार पत्र पुगिसकेको छ ।

लामिछानेविरुद्ध आज जिल्ला अदालत, कास्कीमा सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दामा अभियोगपत्र दर्ता भएको छ ।

लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरणमा २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँ बिगो माग दाबी गरिएको छ ।

रवि लामिछानेको सांसद पद निलम्बनबारे संसद्लाई पठाइएको पत्र ।

प्रकाशित: ७ पुस २०८१ १९:४८ आइतबार

#rabilamichhane