राजनीति

देशको अर्थतन्त्रमा स्थानीय मेला महोत्सवको योगदान महत्त्वपूर्ण : उपप्रधानमन्त्री सिंह

उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले स्थानीय मेला महोत्सवमा अर्थतन्त्रमा टेवा पुग्ने बताएका छन् । आइतबार पोखरामा भदौरे पञ्चासे कोदो महोत्सव तथा ल्होसार मेलाको समापन गर्दै उपप्रधानमन्त्री सिंहले स्थानीय मेला महोत्सवले अर्थतन्त्रमा टेवा पुर्याउने विश्वास व्यक्त गरेका हुन्। उनले मेला महोत्सवले स्थानीय उत्पादन प्रवद्र्धन र कला संस्कृतिको संरक्षणमा मेला महोत्सवको भूमिका महत्वपूर्ण रहेको बताए ।  

‘हाम्रो गाउँठाउँमा जे छ त्यसलाई हामी सबै मिलेर सुखदुख बाँडेर जीवनलाई खुशी पार्नका लागि हामी लाग्नुपर्छ’ उपप्रधानमन्त्री सिंहले भने, ‘महोत्सवले शहरमा मात्र होइन विकट ठाउँमा पनि आन्तरिक पर्यटक पनि पढ्छ । सकेसम्म विदेशी पाहुनालाई पनि आकिर्षत गर्न सकियो भने अझ राम्रो हुन्छ ।’  

स्थानीय तहमा उत्पादित वस्तुको प्रदर्शन, प्रतिभाहरुको प्रष्फुटन र आफ्ना उत्पादनको सदुपयोग गर्ने बानी बनाउन पनि महोत्सवहरु हरेक पालिकामा मनाउन सके देशको अर्थतन्त्रमा टेवा पुग्ने उपप्रधानमन्त्री सिंहको भनाइ थियो ।  

त्यस्तै, उनले सरकार नागरिकको जीवन सहज बनाउनका लागि लागिरहेको पनि जानकारी गराए । ‘संघीय लोकतान्त्रिक गणतन्त्रतात्मक संविधानले दिएको अधिकारहरु तीनै तहका सरकारहरुलाई दिनेगरि आवश्यक संघीय कानून बनाउनुपर्नेमा तिव्र रुपमा काम भइरहेको छ,’ उनले भने,‘ प्राप्त अधिकार संस्थागत गर्दै हरेक नेपालीको जीवन सहज बनाउनुपर्छ भन्ने जुन चाहना छ । त्यसलाई पूरा गर्न सरकार लागिरहेको छ ।’

प्रकाशित: ७ पुस २०८१ १६:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App