राजनीति

माओवादी लक्षित मुख्यमन्त्रीको अभिव्यक्ति- युद्धप्रतिको मोह त्याग गर्नु नै उपयुक्त हुन्छ

कोशी प्रदेशका मुख्यमन्त्री तथा नेकपा (एमाले) नेता हिक्मत कार्कीले युद्धप्रतिको मोह त्याग गर्नु उपयुक्त हुने बताएका छन् ।

'जनयुद्ध' शब्द प्रयोगमा नल्याउने सर्वोच्च अदालतको आदेशप्रति नेकपा (माओवादी केन्द्र) का नेताहरू चिढिरहेको बेला मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् ।

मुख्यमन्त्री कार्कीले आफ्नो आधिकारिक फेसबूक ह्यान्डलमा लेखेका छन्— शान्ति, विकास र समृद्धि हामी मानव जातिको अभिष्ट हुनुपर्छ । र, हामीले लडाइँ, झगडा र युद्धप्रति मोह त्याग्नु नै उपयुक्त हुन्छ । 

गत पुस ४ गते सर्वोच्च अदालतले सरकारी आधिकारिक डकुमेन्टमा जनयुद्ध शब्द प्रयोग नगर्न अन्तरिम आदेश दिएको थियो । माओवादी नेताहरूले त्यसलाई 'बेइमानीको पराकाष्ठा' भनेका छन् ।

यसैप्रति लक्षित हुँदै मुख्यमन्त्री कार्कीले युद्धप्रतिको मोह त्याग गर्नु उपयुक्त हुने बताएका छन् ।

प्रकाशित: ५ पुस २०८१ १६:५८ शुक्रबार

#hikmatkarki