राजनीति

१५ औं महाधिवेशनका लागि सुदूरपश्चिममा डा.कोइरालालाई १५ किलोको माला

सुदूरपश्चिमको भ्रमणमा रहेका नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालालाई धनगढीमा १५ किलोको माला लगाएर स्वागत गरिएको छ ।  

नेता कोइरालालाई आगामी १५ औँ महाधिवेशनमा सभापतिका लागि शुभकामना दिँदै समर्थकहरुले १५ किलोको माला लगाइदिएका हुन् । नेता कोइरालालाई धनगढी विमानस्थालमा बजागाजा सहित स्वागत गरिएको थियो ।  

स्वागतका लागि धनगढी विमानस्थालमा भेला भएका पार्टी कार्यकर्ताले भावी सभापति शेखर कोइराला जिन्दावाद, सुदूरपश्चिमले के भन्छ, १५ औं महाधिवेशनमा शेखर कोइराला ल्या भन्छ, जस्ता नारा लगाएका थिए ।  

साथै, स्वागतका लागि थारु सांस्कृति झल्कने पहिरन सहित नृत्य गरिएको थियो । स्वागत गर्ने क्रममा सुदूरपश्चिमको हुड्केली नाच पनि प्रर्दशन गरिएको थियो ।  

प्रकाशित: ५ पुस २०८१ १५:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App