राजनीति

परराष्ट्रमन्त्री नयाँ दिल्लीमा, शुक्रबार नेपाल-भारत आर्थिक सम्मेलनलाई सम्बोधन गर्ने

फाइल।

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा भारतको नयाँ दिल्ली पुगेकी छन्। उनी युरोपका केही कार्यक्रममा सहभागी भई बुधबार जर्मनीको बर्लिनबाट नयाँ दिल्लीतर्फ प्रस्थान गरेकी हुन्।

शुक्रबार नयाँ दिल्लीमा आयोजना हुने नेपाल-भारत आर्थिक सम्मेलनलाई प्रमुख अतिथिका रूपमा परराष्ट्रमन्त्री डा. राणाले सम्बोधन गर्ने कार्यतालिका छ।

त्यसपछि मन्त्री डा. राणाले नयाँ दिल्लीमा नियमित स्वास्थ्य परीक्षण गराउनेछिन्। उनी आगामी सोमबार स्वदेश फर्कने कार्यक्रम छ।

प्रकाशित: ४ पुस २०८१ १९:२३ बिहीबार