राजनीति

महाधिवेशन भएको छ महिनापछि पाए नेकपा एसका नेताहरुले जिम्मेवारी

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले केन्द्रीय महाधिवेशन सम्पन्न गरेको छ महिनापछि पार्टीमा नेताहरूको जिम्मेवारी हेरफेर तथा कार्यविभाजन गरेको छ।

पार्टीको स्थायी कमिटी बैठकले गरेको कार्यविभाजनमा अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा २४ सदस्यीय केन्द्रीय सचिवालय गठन भएको सचिव सोमप्रसाद पाण्डेयले जानकारी दिए।  

यस्तो छ कार्यविभाजन:

१. स्कुल विभाग प्रमुख:  झलनाथ खनाल

२. सङ्गठन विभाग प्रमुख: बेदुराम भुसाल

३. विदेश विभाग प्रमुख: प्रमेश हमाल

४. जकीय मामिला विभाग प्रमुख: घनेन्द्र बस्नेत

५. मोर्चा फाँट प्रमुख: वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे

६. सङ्घीय तथा प्रादेशिक मामिला प्रमुख: उपाध्यक्ष जगन्नाथ खतिवडा

७. प्रचार विभाग प्रमुख: प्रकाश ज्वाला

८. अखिल नेपाल महिला सङ्घ समाजवादीको इन्चार्ज: जयन्ती राई

९. सुदूरपश्चिम प्रदेश इन्चार्ज: उपाध्यक्ष भानुभक्त जोशी

१०. मधेस प्रदेश इञ्चार्ज: उपाध्यक्ष धर्मनाथप्रसाद साह

११. बागमती प्रदेश इन्चार्ज: उपाध्यक्ष गङ्गालाल तुलाधर

१२. अनुगमन: महासचिव घनश्याम भुसाल

१३. कोशी प्रदेश इन्चार्ज: उपमहासचिव राजेन्द्र राई

१४. कार्यालय सचिव: उपमहासचिव रामकुमार भट्टराई

१५. संसदीय इन्चार्ज:  उपमहासचिव गरिमा शाह

१६. लुम्बिनी इञ्चार्ज: उपाध्यक्ष मेटमणि चौधरी

१७. गण्डकी इन्चार्ज: सचिव श्रीनाथ बराल

१८. कर्णाली इन्चार्ज: सचिव चन्द्रबहादुर शाही

१९. युवा विभाग इन्चार्ज: लक्ष्मण केसी

२०. विद्यार्थी विभाग इन्चार्ज: रामकुमारी झाँक्री

प्रकाशित: ३ पुस २०८१ १४:०९ बुधबार

#Nakapa Yes