राजनीति

गण्डकी प्रदेशसभा सदस्य थापाद्वारा शपथ

गण्डकी प्रदेशसभा सदस्य सुनिता थापाले आज पद तथा गोपनीयताको शपथग्रहण गरेकी छन्।

नेपाली कांग्रेसको समानुपातिकतर्फबाट निर्वाचित थापालाई प्रदेशसभा सचिवालायमा आयोजित एक कार्यक्रमका बीच सभामुख कृष्णप्रसाद धितालले शपथग्रहण गराएका हुन्।

प्रदेशसभा सदस्य विमला गौचनको निधन भएपछि रिक्त भएको पदमा बन्दसूचीमा रहेका नामबाट क्रमअनुसार पार्टीको सिफारिसमा थापा निर्वाचित बनेकी हुन्।

श्रवणशक्ति गुमेका कारण अरुले बोलेको सुन्न नसक्ने थापाले गण्डकी प्रदेशसभामा अपाङ्गता भएको व्यक्तिहरुबाट समेत प्रतिनिधित्व गरेकी छन्।

शपथग्रहणपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले अपाङ्गता भएका व्यक्ति र आवाजविहीनको लागि नीति, नियम र योजना बनाउन लाग्ने बताइन्।

प्रकाशित: २८ मंसिर २०८१ २१:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App