राजनीति

रवि र निकिता एउटै जहाजमा काठमाडौंबाट पोखरा उडे

सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई काठमाडौंबाट पोखरा लगिएको छ।

बुधबार बिहान मात्र रविलाई पर्साबाट काठमाडौं ल्याइएको थियो। त्यसपछि उनलाई पोखरातर्फ लगिएको हो।

बुद्ध एयरको जहाजको अन्तिम सिटमा बसेर उनी पोखरा उडेका छन्। रवि चढेकै विमानमा उनकी पत्नी निकिता पौडेल पनि छिन्। तर रवि र निकिता फरक फरक सिटमा छन्।

रविलाई पोखराबाट बयानका लागि वीरगञ्ज लगिएको थियो। मंगलबार एक दिनमै बयान सकेर आज पोखरा फर्काइएको हो।

प्रकाशित: २६ मंसिर २०८१ १४:०४ बुधबार

#Rabi Lamechhane